अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म 'ए मेरो हजुर २' को लागी ड्रिम्स हिरोईन साम्राज्ञ्यलक्ष्मी शाह फाईनल भएकी छिन् । ड्रिम्स डेब्यू हिरोईनले महंगो पारिश्रमिकमा फिल्म गर्न तयार भएको बताईन्छ ।
२०६० को दशकमा बनेको फिल्म 'ए मेरो हजुर'को सिक्वेल दुई तीन बर्षदेखि नै बन्ने चर्चा चलेको थियो तर झरनाले डेब्यू निर्देशनमा आफुलाई खराउँदै कामको लागी तयार भएको बुझिएको छ ।
एस के फिल्मस् को व्यानरमा बन्ने फिल्मको अन्य कलाकारमा नाजिर हुसैन र बुद्धि तामाङ पनि तय हुँदा मुख्य अभिनेता भने तय हुन बाँकी छ । 'प्रेमगीत' हिरो प्रदिप खड्कालाई लिनको लागी झरनाले गरेको प्रयास भने सफल भएन ।
पहिलो फिल्म 'ड्रिम्स'मा अनमोल केसीको अपोजिटमा रहँदै अनमोलको अभिनयलाई नै माथ खुवाएर एकाएक चर्चामा आएकी साम्रज्ञीलाई पछिल्लो पुस्ताको उदाउँदो नक्षत्रको रुपमा लिईएको छ ।
पति सुनिलकुमार थापा त झरना नै निर्माता रहने फिल्म श्रावणको दोश्रो हप्ता फ्लोरमा जाने छ । फिल्मलाई बर्ष २०७३ भित्रै रिलिज गरिने बताईएको छ ।

