Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्राईडे रिलिजमा अनु र राजेशको 'कम्पन'

फिल्मीखबर, काठमाडौं, 2016/06/17
फ्राईडे रिलिज अन्तर्गत यो हप्ता 'कम्पन' नामक फिल्म प्रदर्शनमा आएको छ । भूकम्पको कथा बोल्ने फिल्म एक्लै प्रदर्शनमा आएको हो । 
 
अघिल्लो हप्ता युवा स्टार अनमोल केसीको फिल्म 'गाजलु' प्रदर्शनमा आएपछि त्यसको होल्ड ओभरको डरमा अन्य निर्माताहरु फिल्मको रिलिज तोक्न सकेका थिएनन् । 'कम्पन'लाई दिनेश पौडेलले निर्देशन गरेका हुन् ।
 
फिल्मका  निर्माता राजेन्द्र बस्नेतको हुन् भने लगानीमा अञ्चिला बस्नेत, सीताराम तिमिल्सिना र अनिलकुमार बुढाथोकीले साझेदारी गरेका छन् । फिल्ममा अनु पराजुली, राजेश ढुङ्गाना, राजे्द्र बस्नेत, पुष्कर राउत लगायत अभिनयमा छन् ।
 
त्यसो त अघिल्लो हप्ता प्रदर्शनमा आएको 'गाजलु'को दबदबा हलहरुमा कायमै हुँदा 'कम्पन'ले सोचेअनुसारको हल भने पाएको छैन् । 'गाजलु' सिंगल स्कृन तथा मल्टिप्लेक्स दुबैतिर सफल छ ।
Most Visited News (monthly)