Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दरबारमार्गमा तीन हट हिरोइनको क्याटवाक

फिल्मीखबर, काठमाडौं, 2016/06/16
मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेका तीन हिरोइनले फेरि एकपटक र्याम्पमा क्याटवाक देखाउने भएका छन् । दरबारमार्गस्थित भिक्ट्री लन्ज एण्ड बार  स्थापनाको एक वर्ष पूरा भएको अवसरमा असार ४ गते हुन लागेको ‘भिक्टोरियन्स नाइटस्’शीर्षकको फेसन सोमा सो स्टपर बन्दै र्याम्पमा देखिन लागेका हुन् । 
 
 
शोको शुभारम्भ भने आयुष्मान देसराज जोशी र अर्पणा उपाध्यायले गर्नेछन् ।  संगीत, फेसन र नृत्यको फ्युजनको रुपमा रहने कार्यक्रममा मोडलहरुले मनिस राई, खुशी भेटवाल र खुस्बु रानाले डिजाइन गरेका लुगामा र्याम्पको जमिन नाप्नेछन् ।
 
 मोडलहरुको कोरियोग्राफी विपेन माइक गुरुङको रहनेछ भने याशु खड्काले साल्सा नृत्य प्रस्तुत गर्नेछन् । धरानको हाम्रो डान्स घरले समसामयिक नृत्य प्रस्तुत गर्नेछ । साँझमा संगीतको पनि प्रस्तुति रहनेछ । कार्यक्रममा धर्मेन्द्र सेवानले आफ्ना चर्चित गीत सुनाउनेछन् ।
 
Most Visited News (monthly)