Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनिल थापाले खोले एभरेष्ट फिल्म एकेडेमी, गौरी मल्लले पढाउने

फिल्मीखबर, काठमाडौं, 2016/06/16
फिल्म निर्माण, निर्देशन अनि अभिनय समबन्धी कक्षा दिने उद्देश्यले राजधानीको बानेश्वर स्थित मिनभवनमा एभरेस्ट फिल्म एकेडेमीको स्थापना भएको छ ।
 
 
एक बर्षको कक्षा सिक्षण दिने उद्देश्यले नाम चलेका अनि वरिष्ट फिल्मकर्मीहरुको सकृयतामा एकेडेमी सञ्चालनमा आएको हो । एकेडेमीको सञ्चार मन्त्री शेरधन राईले बिहिबार उद्घाटन गरे । एकेडेमी प्राईभेट कम्पनिको रुपमा रहनेछ । कुनै  विश्वविधालयबाट सम्बन्धन भने प्राप्त छैन् । 
 
 
वरिष्ट कलाकार सुनिल थापा अध्यक्ष रहेको एकेडेमीको निर्देशकमा उज्जल घिमिरे छन् भने कार्यकारी निर्देशकमा प्रकाश पुरी रहँदा अन्य टिम सदस्यमा जोत्सल राजभण्डारी र विशाल श्रेष्ठ छन् । 
 
सरकारी स्तरबाट ओस्कार कलेजले फिल्म कक्षा दिईरहेको समयमा प्राईभेट स्तरमा एभरेष्ट एकेडेमी सञ्चाललनमा आएको हो । बिहिबारबाट नै भर्ना फर्म खुला भएको आयोजकको तर्फबाट कार्यकारी निर्देशक प्रकाश पुरीले बताए । 
 
उनका अनुसार एक बर्षे कक्षाको लागी ६० जना विधार्थी अन्तर्वार्ता र अडिशनको आधारमा छनोट हुनेछन् भने बर्षभरीको पढाई शुल्क १ लाख २० हजारको आसपास रहनेछ । निर्देशन, अभिनय, सिनेमाटोग्राफी तथा सम्पादन लगायतका क्षेत्र फिल्म पढाईको मुख्य केन्द्र मानिएको छ । 
 
विधार्थीहरुलाई लक्ष्मीनाथ शर्मा, उज्जल घिमिरे, प्रेम उपाध्याय, विश्व बस्नेत, रजनी पन्त, गौरी मल्ल, गंगाप्रसाद तिवारी, चन्द्र पन्त, रेनशा राई, टंक चौलागाईं, विष्णु कल्पित र दशरथ गिरीले आफ्नो आफ्नो क्षेत्रसँग जोडिएको विधामा कक्षा सिक्षण दिनेछन् ।
 
फिल्मकर्मीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमा बोल्दै चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राईले पुराना पुस्ताका अनि खारिएका फिल्मकर्मीहरुले आफ्नो अनुभवलाई गिफ्टको रुपमा नयाँ पिँढीलाई हस्तान्तरण गर्ने उद्देश्यले खोलिएको एकेडेमीलाई सफलताको शुभकामना दिए । 
 
पहिलो एक वर्षको रिजल्ट हेरेर सरकारी कलेज ओस्कारलाई जस्तै यो एकेडेमीलाई पनि विकास वोर्डले आवश्यक सहयोग गर्दै जाने राईको भनाई थियो । 'उद्देश्य राम्रो लिएर अघि बढ्दा साथ सबैको रहन्छ, फिल्म उद्योगको पक्षमा राम्रो कामको लागी सुरुवात हुने सबै काममा विकास वोर्ड सधैँ सँगसँगै रहनेछ', राईले भने । 
 
त्यस्तै एकेडेमी अध्यक्ष सुनिल थापाले पैसा कमाउने उद्धेश्यले नभई सामाजिक कार्य स्वरुप एकेडेमी स्थापना गरेको बताए ।  थापाले युरोपको प्रतिच्छित विश्वविधालयसँग सम्बन्धन लिने विषयमा कुरा अघि बढेको समेत खुलाए ।
 
तश्विरः महेश्वरमान सिंह
 
Most Visited News (monthly)