Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 1.00/5.00)
Text size:-
+
-

फिल्मको होईन समाचारकी हिरोईन बर्षा !

फिल्मीखबर, काठमाडौं, 2016/06/16
बर्षा शिवाकोटी 'नाई नभन्नु ल २' की डेब्यू हिरोईन हुन् । त्यसपछि केहि फिल्ममा देखिईन् । तर पहिले नै फिल्म गरिसकेकी बर्षाले कलाकार संघको अवार्डमा 'पशुपतिप्रसाद'बाट डेब्यू हिरोईनको अवार्ड नोमिनेशनमा पर्दा अनि प्रमाणपत्र बुझ्दा हाँसोको पात्र बनिन् । 
 
'पशुपतिप्रसाद'मा भन्दा पहिले उनले 'रामलिला' नामको फिल्म खेल्ने समाचार आयो । कार्यक्रम गरेरै घोषणा गरियो । तर फिल्म बनेन, जीवन लुईंटेलसँग जोडी बाँध्ने उनको सपना 'सुब्बा साब' नामको फिल्मले मात्रै पुरा गर्यो । 'रामलिला' फिल्ममा उनी हिरोईन बनिनन् मात्र मिडियाको हेडलाईनमा बनिन् ।
 
कुरा यतिमा मात्र सिमित रहेन् । केहि दिन पहिले बानेश्वरमा आयोजित एक फिल्मको घोषणा कार्यक्रममा उनी देखिईन् । राजु अधिकारीको निर्देशनमा बन्ने फिल्म 'अचानो'मा बर्षा हिरोईन भनेर घोषणा गरियो। समाचार बने । कार्यक्रममा उनि पनि उपस्थित थिईन् । 
 
काम गर्न पाएकोमा खुशी नै थिईन् सायद तत्काल उनले कुनै प्रतिक्रिया जनाईनन् । मिडियामाझ थोरै तर छानेर फिल्म खेल्ने बोलेको समाचार छायो ।  त्यसको पर्सिपल्ट फेरी समाचार आयो, कार्यक्रमम बोलाएर सिधै हिरोईन घोषणा गरेकोले बर्षाले 'अचानो' नगर्ने भनेर । 
 
यो पटक पनि उनी समाचारमा मात्र हिरोईन बनेको हल्ला छ । यदि उनलाई उक्त प्रोजेक्ट गर्ने मन थिएन भने तत्काल सोही कार्यक्रममा नाम फिर्ता लिन आग्रह गर्नसक्थिन् । तर दुई दिनपछि मात्र बोलाएर झुक्कयाएको भन्दै फिल्म गर्दिन भन्नु अर्को हाँसोको कुरा बनेको छ ।
 
यदि उनमा तत्काल निर्णय गर्ने सामर्थ्य थियो र उनले आफ्नो लागी आफै निर्णय गर्नसक्थिन् भने उक्त समयमा नै यो कुराको छिनोफानो हुनसक्थ्यो । तर के कारणले दुई दिनपछि मात्रै उक्त निर्णय लिन पुगिन् त्यो उनलाई नै थाहा होला । यसले प्रष्ट्यायो कि बर्षाको काममा उनकै निर्णयले सायद काम गर्दैन, अनि गाईंगुईं चल्नु स्वभाविक बन्यो कि 'फिल्मको होईन समाचारकी हिरोईन बर्षा !'
Most Visited News (monthly)