Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रिलिज पहिले नै 'उड्ता पञ्जाव' पाईरेसी

एजेन्सी, मुम्बई, 2016/06/16
सेन्सर झमेलामा परेर विवादमा तानिएको उड्ता पञ्जाव फिल्म रिलिज पहिले नै ईन्टरनेट पाईरेसी भएको छ । भिडियो डाउनलोड वेभ पोर्टल 'टोरेन्ट'मा बुधबार साँझ नै फिल्म आएपछि बलिउडमा हंगामा मच्चिएको छ ।
 
 
फिल्म टोरेन्टमा राखिएको १ घण्टापछि मात्रै हटाईएको थियो । हजारौंले फिल्म डाउनलोड गरेको अनुमान लगाईएको छ । टुईटरमा 'उड्ता पञ्जाव लिक्ड' ट्रेण्ड विश्वव्यापी रुपमा पहिलो नम्बरमा आएको थियो । त्यसपछि मात्रै निर्माण टिमले अनि प्रहरीले थाहा पाएको बताईन्छ ।
 
फिल्म रिलिज पहिले नै पाईरेसी भएपछि निर्माण टिमले प्रहरीमा साईबर क्राईमको उजुरी दिएको छ र भारतिय प्रहरीले छिट्टै दोषी पत्ता लगाई कारबाही गर्ने बताएको छ । सेन्सरको लागी बुझाएको फाईल पाईरेसी भएको थियो ।  सेन्सर नभएको दृश्यहरु नै उक्त फाईलमा समावेश थिए ।
 
फिल्ममा साहिद कपुर, करिना कपुर र अलिया भट्ट लिड रोलमा छन् ।
Most Visited News (monthly)