मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

असनका तीन पसलेको कथामा 'जात्रा' बन्ने

फिल्मीखबर, काठमाडौं, 2016/06/15
राजधानीको व्यस्त मानिने असन गल्लीका तीन पसलेको कथा समेट्दै षट्कोण आर्टस प्रालीको निर्माणमा फिल्म ‘जात्रा’ बन्ने भएको छ । निर्माता रविन्द्रसिंह बानियाँले फिल्म निर्माणको घोषणा गरे  । उनी फिल्ममा कलाकार पनि रहनेछन् ।
 
 
छायाँकन असार ५ गतेबाट सुरु हुने बताईएको फिल्मलाई मुख्यतः असन इन्द्रचोक लगायत काठमाण्डूको विभिन्न ठाउँमा खिचिनेछ । कात्तिक १९ लाई रिलिज मिति तय गरिसकेको फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गर्नेछन् भने कथा पनि भट्टराको नै हुनेछ ।
 
 जीवन अभावका बीच खुशीमा रमाइरहेका उनीहरुको जीन्दगीमा अकास्मत खस्ने समस्यारुपी ढुंगा र घटना पश्चात उत्पन्न हुने परिस्थिति नै फिल्मको मुख्य विषय रहने जारी प्रेस रिलिजमा उल्लेख छ ।
 
दिर्घ गुरुङले खिच्ने फिल्ममा द्धन्द्ध शंकर महर्जनको रहनेछ भने कलाकारहरुमा निर्माता बानियाँ सँगै विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणी नेपाल, सुस्मिता कार्की लगायत रहनेछन् । 'जात्रा'मा रविन्द्रसिंह बाँनियासँग यादव पौडेल र सिङ्गे लामाले लगानीमा साझेदारी गर्नेछन ।