मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बढि बोल्दिन मेरो काम बोल्छः सौगात मल्ल

फिल्मीखबर, काठमाडौं, 2016/06/15
'लुकामारी' सौगात मल्लको लागी प्रतिच्छित अनि आशा गरिएको फिल्म हो । फर्स्टलुक रिलिजदेखि चर्चामा आएको उनको फरक गेटअप समावेश फिल्म रिलिजको क्रममा छ । असार १० बाट दर्शकमाझ आउँदैछ ।
 
'लुकामारी' जोडेर कहिँकतै खासै प्रतिक्रिया नदिएका अनि मिडियामाझ नआएका सौगात अरु बेला पनि मिडियामा छाउँदैनन् । यो विषयमा प्रश्न गर्दा उनले बोल्ने भन्दा पनि काम गरि देखाउने कुरा महत्वपुर्ण भएको बताए ।  
 
'लुकामारी' मा आफुले एक चौधरी परिवारको पात्र निभाएको भन्दै सौगातले अहिलेसम्मकै विल्कुलै फरक अबतार दर्शकले देख्न पाउने दाबी गरे । 
 
आफू तराई भेगमा जन्मिएको अनि हुर्किएकाले पनि त्यहाँको भाषा शैली पर्दामा ल्याउन मन लागेको उनको भनाई थियो । जसलाई 'लुकामारी' बाट पुरा गरेको उनको तर्क छ । 
 
आफूले ब्यानर र स्क्रिप्ट दुबै हेरेर काम गर्ने गरेको सौगातले बताए । श्रीराम दाहालको निर्देशनमा तयार भएको यो फिल्मलाई सुरजमानसिंह भण्डारीले निर्माण गरेका हुन् । चलचित्रमा कर्मा, सुरविना कार्की, रीस्ता बस्नेत लगायतका कलाकारको अभिनय छ ।