मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१४ बर्षपछि करिश्माको डिभोर्स

एजेन्सी, मुम्बई, 2016/06/14
वलिउड अभिनेत्री करिश्मा कपुर र विजनेसमेन सञ्जय कपुरबीच औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको छ । पारिवारिक अदालत मुम्बईले सोमबार यो जोडीको दुई बाटो खोलिदिएको हो । 
 
२०१४ मा नै डिभोर्सको लागी निवेदन गरेकी करिश्माको आवश्यक काजगात पुरा नभएको भन्दै अदालतले रोकेको थियो ।
 
तर सोमबाट पुर्णतः प्रमाण पेश गरेपछि अदालतले अन्तिम निर्णय लिएको उनकी वकिल क्रान्तिले मिडियामाझ बोलिन् । 
 
यो जोडीका दुई सन्तान छन् । दुबै जना करिश्मासँगै रहने बताईएको छ । १९९० को दशककी वलिउडकी व्यस्त अनि चर्चित हिरोईन करिश्माले २००३ सालमा सञ्जयसँग विहे गरेकी थिईन् ।