मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड थियटरमा नेपाली फिल्म

फिल्मीखबर, काठमाडौं, 2016/06/14
नेपाली कथानक चलचित्र रिलेशनको हलिउड थियटरमा प्रदर्शन आएको छ । अमेरिकामा रहँदै आएका निर्माता तथा कलाकार दिवाकर महर्जनको सकृयतामा फिल्म हलिउड थियटरमा प्रदर्शन भएको हो । 
 
 
शो पश्चात आफ्नो फिल्मलाई अमेरिकामा रहेका नेपालीहरुले रुचाएको भन्दै त्यसले निकै उत्साही बनाएको दिवाकरले बताए । नेपाली फिल्मकै ईतिहासमा पहिलो पटक हलिउड थियटरमा फिल्म प्रदर्शन भएको दाबी गरिएको छ ।  
 
दिपेन्द्र दाहालको निर्देशन रहेको 'रिलेशन'नेपालमा भने असार १० गतेबाट प्रदर्शनमा आउँदैछ । तेक्वान्दो खेलको कथा बोल्ने फिल्मले खेलको माध्यमबाट समाजमा रहे​का विकृतिहरुलाई कसरी हटाउन सकिन्छ भन्ने सन्देश बोकेको निर्माण टिमले बताउँदै आएको छ ।