Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'नमस्ते नेपाल' नेपाल पहिले नै युरोप रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/06/13
सम्पुर्ण छायाँकन युरोपमा गरिएको फिल्म 'नमस्ते नेपाल' नेपालमा आउँदो असार ३१ मा रिलिज हुँदैछ तर यो फिल्म नेपाल रिलिज भन्दा पहिले नै युरोपमा प्रदर्शन हुने भएको छ । 
 
 
बेल्जियमबाट फिल्मका कलाकार तथा निर्माण टिम सदस्य श्याम श्रेष्ठले दिएको जानकारी अनुसार राजु शाह निर्देशित यो फिल्मको बेल्जियमको अन्टरवेरपानमा २५ जुनमा लाग्ने पक्का भएको हो । अंग्रेजी मिति अनुसार नेपाल रिलिज भने जुलाईको १५ तारिखमा हुनेछ ।
 
त्यस्तै जुलाई २७ तारिखमा 'नमस्ते नेपाल' को शो जर्मनीको बोखुम शहरमा हुनेछ । उल्लेखित शो हरुमा आफुसँगै युरोपमा उपलब्ध कलाकारहरु समेत सहभागी हुने श्यामले फिल्मीखबरलाई बताए । 
 
सविन श्रेष्ठ, श्याम श्रेष्ठ, एना, अनुजा प्रधान, म्युजिका खड्का, बोण्ड लगायतको अभिनय रहेको फिल्म द्वारिका उदय प्रोडक्सनको प्रस्तुतीमा तयार भएको हो । फिल्ममा प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानी छ । फिल्मको कथा पनि निर्देशक शाहको नै हो । 
 
नमस्ते नेपालमा दिव्यराज सुवेदीको छायांकन छ भने बसन्त सापकोटा, ओम सुनार र रियाज सिवाकोटीको संगीत छ । चन्द्र पन्तको द्वन्द्व समावेश फिल्ममा राजु शाहसँग गोपाल ढकाल 'छन्दे'ले पटकथा तथा संवादमा सहकार्य गरेका छन् ।
 
Most Visited News (monthly)