'मेरा सबै कलाकारको नाममा थर हुनेछैन, समानताको पक्षमा म छु', निर्देशक तुलसी घिमिरेले 'दर्पण छायाँ २' फिल्मको घोषणा समारोहमा भने । त्यसैले त उनले लिड कलाकार पुष्प खड्काको नाम नै परिवर्तन गरी पुष्पल बनाएका छन् ।

यो विषयमा जिज्ञाशा राख्दा पुष्पले पनि निर्देशक घिमिरेले आफुलाई नयाँ नाम दिएको भन्दै मुसुक्क हाँसे मात्र । पुष्पको मात्र होईन घिमिरेले तीन जना लीड कलाकारको नै फिल्ममा थर समावेश नहुने बताए । अन्य कलाकारमा छन्, साहारा कार्की, श्रद्धा प्रसाई । यो कुरालाई घिमिरेले नयाँ प्रयोगको रुपमा समेत लिएको दाबी गर्छन् ।
श्रद्धा र साहारा नामले मात्र फिल्मसँग जोडेर दुबै कलाकारलाई परिचित गराउने सोच निर्देशन घिमिरेको छ । फिल्म यो हप्ता भित्रै फ्लोरमा जाने बताईन्छ । बर्षौपछि निर्देशनमा फर्केका भेट्रान निर्देशक घिमिरेको फिल्मलाई लिएर दर्शकमा एक प्रकारको उत्सुकता छाईसकेको छ ।

