Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`दर्पण छायाँ २` घोषणा, निर्देशक भन्छन्- `सिक्वेल होईन`

फिल्मीखबर, काठमाडौं, 2016/06/13
१६ बर्ष पहिले बनेर व्यापारिक रुपमा हिट भएको फिल्म 'दर्पण छायाँ' अब नयाँ कथा अनि परिवेशमा बन्ने भएको छ । 'दर्पण छायाँ २' नाममा घोषणा भएको फिल्मलाई सिक्वेलको रुपमा भने लिईएको छैन् । 
 
 
फिल्म घोषणा कार्यक्रममा बोल्दै निर्देशक तुलसी घिमिरेले फिल्मलाई 'दर्पण छायाँ'को सिक्वेलको रुपमा नलिन आग्रह गरे । उनले भने, 'त्यो बेलाको कथा र प्रस्तुती समय सापेक्ष थियो तर अहिले समय बदलिएको छ, पात्र बदलिएका छन्, नाम सापटी लिईए पनि सिक्वेल भन्न मिल्दैन ।'
 

 
निर्देशक घिमिरेले नेपाली फिल्म उद्योगको लागी त्याग र बलिदानी दिनेहरुको युगको सम्भना स्वरुप सर्जकको छायाँलाई चिनाउने उद्धेश्यले फिल्म बनाउन लागेको बताए । फिल्मको १० प्रतिशत छायाँकन अमेरिकामा भईसकेको पनि उनले खुलाए ।
 
 
एक हप्ता भित्रै फ्लोरमा जाने यो फिल्ममा पुराना अनुहार भने कोहि दोहोरिएका छैनन् । डा. लोपसाङ लामाको प्रस्तुति तथा सबु गडाल कार्की र रबि कार्कीको निर्माणमा बन्ने फिल्ममा पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाईं लिड रोलमा हुनेछन् ।
 
रामेश्वर कार्कीले खिच्ने फिल्म साहारा फिल्मस् प्रोडक्शन प्रालीको पहिलो प्रस्तुतीमा तयार हुनेछ । जुलाईको दोश्रो हप्तासम्म छायाँकन सकाएर यो बर्ष नै रिलिज गर्ने योजना स्वरुप काम अघि बढ्ने निर्देशक घिमिरेले बताए । 
 
Most Visited News (monthly)