Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गजलसाँझमा रेखा र छबिको मधुर मिलन

फिल्मीखबर, काठमाडौं, 2016/06/13
अभिनेत्री रेखा थापा र निर्माता छबिराज ओझा सँगसँगै जहाँ भेटिन्छन त्यहाँ राम्रै गसिप बन्छ । पछिल्लो पटक पनि यस्तै भयो शनिबार साँझ यो जोडी राजधानीको एक गजलसाँझमा देखियो । 
 
 
अनि मिडियाको क्यामेरा नतेर्सिने त कुरै भएन् । तब रेखा अघि बढिन् अनि छबिलाई अंकमाल गरिन् । छबि पनि मुस्कुराउँदै रेखालाई साथ दिँदै थिए । रेखा र छबिले लामै समय भलाकुशरी पनि गरे । 
 
तर रेखा र छबि दुबैजना गजल सुन्नकै लागी अनि एक्लै उक्त ठाउँमा पुगेका भने थिएनन् । भेटको साईत रेखाका भतिज 'रामप्यारी' हिरो आभाष अधिकारीको जन्मदिनले जुराएको थियो । रेखाले आयोजना गरेको सरप्राईज बर्थडे पार्टिमा आभाषलाई जन्मदिनको शुभकामना दिन छबि त्यहाँ पुगेका थिए ।
 
पछिल्ला केहि भेटमा देखिएको पुर्व रियल जोडी रेखा र छबिको मित्रताले प्रदर्शनको तयारीमा रहेको छबिराज प्रोडक्शनको फिल्म 'किस्मत २' प्रचारमा रेखाले साथ दिने संकेत पनि गर्छ ।
तश्विरः कमल प्रसाईं
Most Visited News (monthly)