Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सुन्नुहोस हमालको 'शकुन्तला' गीत

फिल्मीखबर, काठमाडौं, 2016/06/13
महानायक राजेश हमाल फरक अबतारमा प्रस्ततु भएको 'शकुन्तला' फिल्म निर्माण घोषणाको दिनदेखि चर्चामा छ । कारण छ, हमालको तेश्रो लिङ्गी अबतार । केहि हप्ता पहिले रिलिज ट्रेलरले चर्चा पाएको फिल्मको अडियो जुकबक्स रिलिज गरिएको छ ।
 
 
दिनेश श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा समावेश गीतहरु अडियोमा सार्वजनिक गरिएको हो । फिल्मका गीतहरु छिट्टै नै चल दृश्यमा सार्वजनिक गर्ने निर्देशक दिनेशको कथन छ ।
 
भदौ १० मा रिलिज मिति तोकिएको फिल्मलाई हमालको कोणबाट पनि आशाको केन्द्र मानिएको छ । किनकी हमालले अभिनय गरेका चर्चामा रहेका धेरै फिल्म पछिल्लो पटक सफल छैनन् ।
 
'शकुन्तला'मा हमालसँगै अनु शाह लिड रोलमा छिन् । सार्वजनिक गीतहरुमा संगीत भने अर्जुन पोखरेलले भरेका छन् ।
Most Visited News (monthly)