अनमोल केसी, नामै काफी छ । यी युवा स्टार लगातार चार हिट फिल्म दिने लाईनमा उभिएका छन । तीन फिल्म हिट दिईसकेका अनमोलको पछिल्लो फिल्म 'गाजलु'को सुरुवाती विजनेसले यस्तै संकेत गर्छ ।
शुक्रबार रिलिज फिल्मले दुई दिनमा नै करोड बढिको विजनेस गरेको छ । 'गाजलु'ले पहिलो दिन काठमाडौमा २७ र मोफसलमा १६ लाखको विजनेस गर्दै ४३ लाखको ओभरअल विजनेस गरेको थियो ।
तर शनिबार मोफसल तथा काठमाडौंमा मल्टिप्लेक्समा समेत शो थपिँदै गर्दा माहोल यस्तो बनेर आयो कि अनमोललाई रोक्ने कोहि छैन् जसरी । फिल्मले दिनभर सत प्रतिशत अकुपेन्सी कायम गर्यो । फिल्म हलले धेरैपछि 'हाउसफुल'को स्वाद चाखे ।
शनिबार मात्रै फिल्मले ९० लाख माथीको कलेक्शन गरेको छ । मोफसलबाट ४१ लाख र राजधानीबाट फिल्मले ५० लाख माथीको विजनेस गरेको हो । दुई दिनको कलेक्शन जोड्दा फिल्मले १ करोड ३४ लाखको ग्रस विजनेस गरेको छ ।
यस्तै आईतबारको पनि सुरुवाती शो को बिजनेस उत्साजनक छ । मल्टिप्लेक्समा आईतबार पनि हल हाउसफूल बनेका छन् । फिल्मले पहिलो हप्ता नबित्दै २ करोडको विजनेस गर्ने अनुमान लगाउन सकिन्छ । तर पुर्णतः लगानी रिकभर गर्न 'गाजलु'ले कम्तिमा ३ करोड आसपासको विजनेस गर्नपर्छ ।
हेमराज बिसी निर्देशित फिल्म रोहित अधिकारीको निर्माणमा तयार भएको हो । फिल्ममा अनमोलसँगै पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी लगायत लिड अभिनयमा छन् ।

