Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'सुपर गोर्खे' लिएर आउँदै नाई नभन्नु ल हिरोईन !

फिल्मीखबर, काठमाडौं, 2016/06/12
पलायनको हल्ला चलेपछि अभिनेत्री ऋचासिंह ठकुरी पुनः फिल्म क्षेत्रमा आएकी छिन् । अभिनेत्रीसँगै निर्माता बनेर । उनको लगानीमा अहिले 'सुपर गोर्खे' नामको फिल्म बनिरहेको बताइएको छ । 
 
'सुपर गोर्खे'को अहिले गीतको छायांकन भै रहेको छ । अभिनेत्री ठकुरीले बिहे पछि आफ्नै पति गजेन्द्र राज थापाको निर्देशन तथा आफ्नै लगानीमा  'सुपर गोर्खे'फिल्म निर्माणमा जुटेकी हुन् ।  विगत लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका एनआरएन गजेन्द्र राज थापाले अष्ट्रेलियामा नै अभिनय र निर्देशकको कोर्ष गरेका थिए । 
 
गीतको छायांकन फिल्मको छायांकन पनि अन्तिम चरणमा छ । 'सुपर गोर्खे'लाई छिट्टै नेपाल र अष्ट्रेलिया रिलिज गरिने बताईएको छ । बिराटनगर ,धरान,काठमाण्डौमा छायांकन गरिएको यस फिल्मको गीतको छायांकन भने पर्यटकीय नगरी चितवनको सौराहामा गरियो । 
 
तारा प्रकाश लिम्बुको संगीत तथा लिम्बु र रजिना रिमालको स्वरमा रहेको 'तिमि नै हौ 'बोलको गीतको छायांकन सौराहामा भै रहेको छ ।  नूत्य निर्देशक रामजी लामिछानेले नायिका ऋचासिंह ठकुरी तथा नव नायक सचिन केसीलाई नचाएका छन् ।
 
फिल्ममा सौरभ लामाको छायांकन ,चन्द्र पन्तको एक्शन रामजी लामिछाने र कमल राईको नूत्य रहेको छ । फिल्ममा ऋचासिंह ठकुरी र सचिन केसीका अलावा निर्देशक  गजेन्द्र राज थापा,सुरज ठकुरी ,जिीवन लुईटेलका भाई निराजन लुईटेल,कामना भुजेल ,भुपेन्द्र क्षेत्री लगायतको अभिनय रहेको छ  ।
Most Visited News (monthly)