Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'गाजलु' देशैभर हाउसफूल, हलमा घेरिए सृष्टि र सलोन

बैकुण्ठ पराजुली, काठमाडौं, 2016/06/11
 
 
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म गाजुलले पहिलो दिन नै हाउसफूल ओपनिङ गरेको थियो । दोश्रो दिन शनिबार पनि त्यो क्रमले निरन्तरता पाएको छ । फिल्म देशैभर हाउसफुल भएको रिपोर्ट फिल्मीखबरलाई प्राप्त छ । 
 
 
फिल्मीखबरकर्मी राजधानीका केहि हलमा पुग्दा फिल्मप्रति दर्शक उर्लेको पाईयो । सबै हल हाउसफूल अनि टिकट र सिट नपाउँदा ओभरफ्लो । अष्टनारायण हलमा पुग्दा तीन पर्दा पहिलो शो देखि नै हाउसफुल थिए भने दिवा शो मा पनि दर्शक उस्तै देखिए । 
 
 
हल प्राङ्गणमा दर्शक प्रतिक्रिया लिन पुगेका अभिनेता सलोन बस्नेत र अभिनेत्री सृष्टि श्रेष्ठलाई दर्शकले घेरे, अंकमाल गरे अनि सेल्फी खिचे । केहि ढिला पुगेकी सृष्टि हल भित्रै छिर्दा 'गाजलु', 'गाजलु' अनि सृष्टि, सृष्टि को आवाज गुञ्जियो । १२ सय क्षमताको हलमा सिठ्ठी र ताली अनि हुटिङ गर्जियो । 
 
 
सिङगल थिएटरसँगै मल्टिपलेक्स सबैतिर दर्शकको ओभर फ्लो पाईएको छ । क्युएफएक्समा शनिबारको १२ शो को सबैजसो टिकट शुक्रबार साँझसम्म नै सकिएको थियो भने बिग मुभिजमा पनि सबै शो मा दर्शक गाजलु हेर्न खनिएका छन् । 
 
 
बिग मुभिजमा दर्शक प्रतिक्रिया लिए सृष्टि, सलोन, गौरव पहारी, ऋतिक शाही र मेनका प्रधान पुग्दा त्यहाँ पनि माहलो उस्तै बन्यो । एक सेल्फी नखिचि दर्शकले चल्न दिएनन् । हलमा नपुगेका स्टार अभिनेता अनमोल केसी खोज्नेहरुको भीड पनि उस्तै थियो । अनि फिल्मप्रति सबैको एकस्वर थियो, 'गाजलु रक्स', अनि उत्कृष्ट फिल्म । 
 
 
काठमाडौं बाहिर पनि फिल्मले उत्साहजनक दर्शकको साथ पाएको खबर प्राप्त छ । मेजर स्टेशन मानिने पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, धरान, बुटवलसँगै बाग्लुङ, पर्वत, दाङदेखी तनहुँसबै तिरको हलमा दर्शक ओभरफ्लो भएको बताईन्छ । फिल्मले शनिबार मात्रै देशभरबाट कम्तिमा ८० लाखको बिजनेस गर्ने अनुमान लगाईएको छ ।
 
रोहित अधिकारी सोलो निर्माता रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।
 
तश्विरः महेश्वरमान सिंह / विनोद पोखरेल
Most Visited News (monthly)