Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`मैले २५ लाख मागेको छैन` : अनमोल केसी

फिल्मीखबर, काठमाण्डौ, 2016/06/11
लगातार तीन वटा हिट फिल्म दिएका अभिनेता अनमोल केसीले आफूले फिल्मको लागी २५ लाख लिने अडान नकसेको तर २५ लाख पारिश्रमिक दिनको लागी अफर आएको बताएका छन् । आफूले अभिनय गरेको पछिल्लो फिल्म 'गाजलु'को प्रिमियरमा अनमोलले पारिश्रमिकको बारेमा यस्तो प्रतिकृया दिएका हुन् ।   
 
मिडियाहरुले सानो कुरालाई पनि ठूलो बनाउने र नभनेको कुराहरुलाई पनि भनेको हो भनेर समाचार फैलाउने काम गरेको आरोप लगाएका छन् । अनमोलले आफूलाई धेरै फिल्महरूबाट अफर आउने गरेको तर जुन पायो त्यही फिल्म खेल्ने निर्णय नलिएको बताए ।
 
पैसा भन्दा पनि बिशेष गरेर फिल्मको कथावस्तुलाई ध्यान दिएर मात्र अभिनय गर्ने उनले बताए । उनले भने, 'पैसा भनेको आज हुन्छ भोली हुन्न तर इज्जत भने सधैंं रहनु पर्छ । त्यसैले पैसालाई मात्र खासै प्राथमिकता नदिकन राम्रो फिल्मलाई बिशेष ध्यान दिएर दर्शकहरुको मन जित्ने छु ।' 
 
शुक्रबारदेखि प्रदर्शनमा आएको अनमोलको 'गाजलु'ले उत्साहजनक ओपनिङ गरेको रिपोर्ट समेत आएको छ । यो फिल्म हिट भएका अनमोलको मूल्य त बढ्ने छ नै नेपाली फिल्म ईतिहासमा यसरी लगातार सुपरहिट फिल्म दिने युवा स्टारको रूपमा समेत नाम लेखिनेछ ।  
 

Most Visited News (monthly)