Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफै आयोजक आफै प्रतिस्पर्धी, जानाजान कि बिर्सेर हो त्रुटी ?

फिल्मीखबर, काठमाडौं, 2016/06/10
कुनै पनि कार्यक्रमको आयोजकको जिम्मेवारी भनेको पाहुनालाई स्वागत गर्ने, कार्यक्रमको व्यवस्थापन मिलाउने अनि कार्यक्रम सफल बनाउने हो । कहिँकतै पनि आफूले आयोजना गरेको त्यो पनि आफैले ट्रफी बाँड्ने प्रतिस्पर्धामा आयोजक टिम प्रतिस्पर्धामा रहन्न ।
 
 
तर चलचित्र कलाकार संघले आयोजना गर्न लागेको पहिलो फिल्म अवार्ड कार्यक्रममा यस्तो अचम्मको त्रुटी भेटिएको छ कि, आयोजक टिमकै सदस्यलाई प्रतिस्पर्धाको दौडमा पारिएको छ । बिहिबार राजधानीमा आयोजित पहिलो फान अवार्डको उत्कृष्ट पाँच प्रतिस्पर्धिको घोषणा समारोहमा संघको कार्यसमिति भित्रकै सदस्यले प्रमाणपत्र बुझे ।
 
 
लक्ष्मी गिरी कलाकार संघको वरिष्ट उपाध्यक्ष हुन् तर आफु नै आयोजक बनेकी लक्ष्मीले निर्धक्क स्टेजमा पुगेर अन्य कलाकारसँगको प्रतिस्पर्धाको प्रमाणपत्र बुझिन् । 
 
यो क्रम यतिमा सिमित रहेन संघकी सह कोषाध्यक्ष नन्दिता केसी समेत नोमिनेशनमा परिन् । त्यस्तै सदस्य द्वय अशिष्मा नकर्मी र सविन श्रेष्ठ समेत नोमिनेशनमा परे । सविन पनि आफैले आयोजना गरेको कार्यक्रमको प्रतिस्पर्धाको दौडबाट टाढा हुन सकेनन् प्रमाणपत्र बुझेर तश्विर खिचाउन मिडियामाझ पोज दिए । 
 
 
अवार्ड निर्णायक समितिमा नाम चलेका अनि अनुभवी फिल्मकर्मी हुँदै गर्दा उनिहरुले किन यो प्रकारको निर्णय गरे प्रश्वयोग्य विषय छ । त्यसो त यसअघि पनि काठमाडौं मै सम्पन्न ईनास अवार्डमा आयोजक समितिकै सदस्यहरु बाबु बोगटी, शंकर विसी, गजित विष्ट लगायत नोमिनेशनमा परेपछि आफै आयोजक रहेकोले भाग नलिने भन्दै उनिहरुले कार्यक्रम स्थलमै प्रमाणपत्र फिर्ता गरेका थिए । 
 
त्यसो त कलाकार संघले यो मात्र गल्ति गरेन, वितरण गरिएको प्रमाणपत्रमा नै व्याकरणमा नै गल्ति लेखेको छ । 'उत्कृष्ट' हुनुपर्नेमा 'उत्कृष्ठ' भनिएको छ भने संघकै अंग्रेजी नाम लेखनमा समेत त्रुटी भेटिएको छ ।
 
उल्लेखित विभिन्न त्रुटी अनि यसअघि फिल्म गरिसकेका कलाकार पनि नव कलाकारको विधामा पर्नु लगायतका कुराहरुलाई जोड्दै फिल्मकर्मीहरुले नै सामाजिक सञ्जालमा अवार्डको खिल्ली उडाएका छन् त कतिले सक्षम भन्दा पनि निर्णायक टिमका सदस्यका निकट मानिने कलाकारहरु उत्कृष्टको नोमिनेशन परेकोमा विरोध समेत गरेका छन् ।
 
विरोधमा शब्दहरु सामाजिक सञ्जालको भित्ताहरुमा बिहिबारदेखी नै छरपष्ट छन् । जे जस्तो भए पनि कार्यक्रम सफल बनाउनु आयोजकको काम हो । तर 'कहिँ नभएको जात्रा हाँडी गाउँमा' भने झैं 'आफै आयोजक आफै प्रतिस्पर्धी' बनेको भुलवस हो या नयाँ नियम बनाउँदै आफैले अवार्ड आयोजना गर्ने र कार्यसमिति भित्रै अवार्ड राख्ने खेल हो त्यो भने कलाकार संघले नै जान्ने कुरा हो । 
Most Visited News (monthly)