नेपाल चलचित्र कलाकार संघले पहिलो पटक आयोजना गर्न लागेको 'फान अवार्ड २०७२'को उत्कृष्ट पाँचमा पर्ने नोमिनिजहरुको सुची सार्वजनिक गरिएको छ ।

उत्कृष्टको दौडमा 'प्रेमगीत' फिल्म धेरै विधामा परेको छ भने सँगसँगै 'क्लासिक', 'वडा नम्बर ६' फिल्म पनि प्रतिस्पर्धामा धेरै विधामा परेका छन् । उत्कृष्ट अभिनेताको सुचीमा दयाहाङ राई(कबड्डी कबड्डी), खगेन्द्र लामिछाने(पशुपति प्रसाद), प्रदिप खड्का(प्रेमगीत), आर्यन सिग्देल(क्लासिक) र सौगात मल्ल(फन्को) परेका छन् । जसले दुई पुस्ताका अभिनेताबीच भिडन्त देखिएको छ । प्रदिप खड्काको पुस्ता दयाहाङ र आर्यनहरुसँग प्रतिस्पर्धामा परेको छ ।

त्यस्तै उत्कृष्ट अभिनेत्रीको सुचीमा रिश्ता बस्नेत(रिफ्यूजी), केकी अधिकारी(भाग् सानी भाग), निता ढुंगाना(फूलै फूलको मौसम तिमीलाई), नम्रता श्रेष्ठ(क्लासिक) र प्रियंका कार्की(फन्को) चलचित्रबाट नोमिनेशनमा छन् ।

उत्कृष्ट फिल्मतर्फ 'कबड्डी कबड्डी', 'क्लासिक', 'पशुपति प्रसाद', 'प्रेमगीत' र 'ड्रिम्स' परेका छन् । सञ्चार सचिव दिनेश थपलियाको हातबाट ट्रफी अनावरण गर्दै नोमिनेशन सार्वजनिक गरिएको थियो । अवार्ड समारोह असार १८ गते काठमाडौंमा हुँदैछ ।
अन्य प्रतिस्पर्धीहरुको सुची यसप्रकार छः



