मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.25/5.00)
Text size:-
+
-

'शो' मा धाँधली गरेपछि गोपिकृष्णबाट निकालियो 'गाजलु'

फिल्मीखबर, काठमाडौं, 2016/06/10
अनमोल केसी तथा सृष्टि श्रेष्ठ स्टारर फिल्म 'गाजलु'ले शुक्रबार पहिलो शो मै हाउसफूल विजनेस गर्यो । राजधानीका दर्शकलाई केन्द्र मानिने गोपिकृष्ण हलमा दुई हल हाउफूल पछि दर्शक ओभररफ्लो हुँदा पनि अर्को हलको माग गर्दा नदिएपछि दिवा शो बाट फिल्म निकालिएको छ । 
 
निर्माता रोहित अधिकारीले हल सञ्चालकको मनोमानीका कारण दर्शक अनि सम्पुर्ण फिल्मकर्मीमाथी अन्याय भएको भन्दै फिल्म निकाल्न बाध्य भएको बताए । 'दर्शकले 'गाजलु' खोजिरहेका छन् तर आधा दर्जन पर्दा रहेको हलमा पनि हामीलाई स्थान दिईएन्, बाध्य भएर दोश्रो शो मा नै फिल्म नै 'नलगाउने निर्णय गर्यौं', निर्माता अधिकारीले भने । 
 
दर्शकले 'गाजलु' हेर्न टिकट माग्दा नपाएपछि फिल्म निकाल्नु हाम्रो बाध्यता भयो, यसबाट दर्शक तथा शुभचिन्तकमा परेको असुविधाप्रति क्षमाप्रार्थी छौं, अधिकारीले भने ।
 
नेपाली फिल्ममा दर्शक ओहिरिदाँपनि हिन्दी तथा अङ्ग्रेजी फिल्मको ठेक्का लिँदै आएको गोपिकृष्णले ठुलो हल तथा भरिन बाँकी हल समेत विदेशी फिल्मलाई ओगट्नेगर्छ । नेपाली फिल्म हेर्न आएका दर्शकले टिकट नपाउनु अनि छैन भन्दै अर्को फिल्मको टिकट भिराउने गरेका गुनासो यसअघि नै धेरै फिल्मकर्मीले पोखिसकेका छन् ।
 
गोपिकृष्णले पैसाको लागी मात्रै फिल्म हाल्छ, दर्शक अनि फिल्मकर्मीलाई न्याय गर्ने पक्षमा कहिल्यै छैन्, यो ज्यादती विरुद्ध सम्पुर्ण फिल्मकर्मीले आवाज उठाउनपर्नेछ, एक फिल्मकर्मीले भने । अहिलेपनि गोपिकृष्णमा आफैले ल्याएको गत हप्ता रिलिज 'हाउसफुल ३'को लागी ठुलो हल ओगटिएको छ ।
 
त्यसो त यसअघि पनि फिल्म 'कबड्डी' फिक्समा माग्दा नदिएपछि गोपिकृष्णमा फिल्म नै लागेको थिएन् ।