Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भिडियो र फोटोमा हेर्नुहोस 'गाजलु' रेड कार्पेट प्रिमियर

फिल्मीखबर, काठमाडौं, 2016/06/10
बर्षकै प्रतिच्छित फिल्म 'गाजलु' शुक्रबारबाट दर्शकमाझ आएको छ । यो पहिले बिहिबार साँझ राजधानीमा फिल्मको रेडकार्पेट प्रिमियर सम्पन्न भयो । 
 
 
फिल्म क्षेत्रका नाम चलेका सेलिब्रेटीहरु अनि राजनितीज्ञ पनि उपस्थित प्रिमियरको माहोल त्यो बेला तात्यो जब युवा स्टार अनमोल केसी हलमा पुगे । अनमोल कुमारी हल प्राङ्गणमा पुग्दादेखी नै उपस्थित उनका फ्यानले घेरे । व्याकड्रपमा तश्विर खिचाउँदा होओस् या हलमा छिर्दा अनमोलको नाममा प्रिमियरमै यस्तो क्रेज देखियो कि यो प्रकारको माहोल सायदै अन्य कुनै सेलिब्रेटी पुग्दा हु्नथ्यो । 
 
 
अनमोल र डेब्यू अभिनेत्री श्रृष्टि श्रेष्ठको तश्विर लिन मिडियाकर्मीलाई भ्याई नभ्याई थियो । व्यवस्थित बनाउन खोजिइको प्रिमियर पनि उपस्थित भिडभाडले बिथोलेको थियो । 
 
 
प्रिमियरमा कलाकर्मीहरु भुवन केसी, सुनिल थापा, सरोज खनाल , दयाहाङ राई, नम्रता श्रेष्ठ, विल्सनविक्रम शाही, गौरी मल्ल, रिमा विश्वकर्मा लगायतका कैयौं नाम चलेका सेलिब्रेटीहरु उपस्थित थिए । 
 
 
रोहित अधिकारीको निर्माण तथा हेमराज बिसी निर्देशित फिल्ममा सलोन बस्नेत, गौरव पहारी, मेनका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल लगायत अभिनयमा छन् । फिल्म हेरिसकेपछि सबैले उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।
 
 
'अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म, सृष्टिको अभिनयले डेब्यू भन्दैन्, सलोनले दर्शकलाई कन्फ्यूजन आउने सबैजसो ठाउँमा होल्ड गरेका छन्' प्रिमियरमा फिल्म हेरेपछि धेरैको प्रतिक्रिया यस्तो थियो ।
 
 
पुर्व मिस नेपाल सृष्टिको अभिनयले धेरैको मन छोएको थियो । दर्शक प्रक्रियाले सृष्टि पर्फुल्लित देखिईन् भने अनमोलले पनि सक्दो राम्रो काम गरेको प्रतिक्रिया दिए । प्रचारमा खासै नहिँडेका अनमोल प्रिमियरमा भने आकर्षणको केन्द्र बने ।
 
 
 
 
भिडियो तथा तश्विरः महेश्वरमान सिंह
Most Visited News (monthly)