Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

महानायकको 'बर्थ डे'ले जुरायो साइत !

फिल्मीखबर, काठमाडौं, 2016/06/09
महानायक राजेश हमालको जन्मदिनको अवसर पारेर दक्षिण एशियालीस्तरको सिएमसी क्वीज मेनियाको पाचौं संस्करण विहिबारबाट प्रारम्भ भएको छ । कान्तिपुर टेलिभिजनबाट हरेक विहिवार बेलुका ९ बजे प्रसारण हुने सिएमसी क्वीज मेनिया पाचौं संस्करणसगै दक्षिण एशियास्तरको प्रतियोगितामा परिणत भएको छ ।
 
 
पहिलो संस्करणदेखि नैं महानायक हमालले सिएमसी क्वीज मेनिया संचालन गर्दै आएका छन् । यसपटकको प्रतियोगितामा नेपालभित्रका प्रतिस्पर्धीका अतिरिक्त भारत, भुटान, श्रीलंका, पाकिस्तान, मालदिप्स, अफगानिस्तान, बंगलादेशका विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी हुदैछन् ।
 
 
सिएमएसी क्वीज मेनियाको पाचौं संस्करण प्रारम्भलाई लक्षित गर्दै महानायकको जन्मदिनको अवसर पारेर चितवनस्थित चितवन मानव सेवा आश्रममा बस्दै आएका ४ दर्जन वृद्धवृद्धालाई भोजन गराइएको छ । 
 
सडकमा अलपत्र पारी छोडिएका असहाय बृद्धबृद्धालाई चितवन मानव सेवाले आश्रय दिदै आएको आश्रमकि अध्यक्ष ममता शर्मा न्यौपानेले बताइन् । सिएमसी क्वीज मेनियाको तर्फबाट ह्यापी बर्थ डे राजेश दाई लेखिएको केक काट्दै महानायक हमालले आफ्नो जन्मदिनको उत्सव ति बृद्धबृद्धाका साथमा मनाएका हुन् । 
 
महानायक स्वंयले आश्रमका सबै बृद्धबृद्धालाई आफ्नै हातले खाना वितरण गरेका थिए । ‘मागेर पनि खान नसक्ने, सडकमा कष्टकर जीवन विताइरहेका व्यक्तिहरुको सेवाका निम्ती संचालित चितवन मानव सेवामा आश्रित नागरिकहरुबीचमा जन्मदिन मनाउन पाउनुलाई मैले अहोभाग्य ठानेको छु ।
 
यो मेरो जीवनकै खुशीको क्षण हो’ महानायक हमालले भनें–‘विभिन्न स्थानमा यसप्रकारका संघसंस्था संचालन हुने हो भनें तिनलाई हामीले सक्दो सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’ यसअघि पनि महानायकले अनाथ एवं सडक वालवालिकाकाहरुका साथमा बर्थ डे मनाउदै आएका थिए । 
 
महानायक हमालले यसपटकको जन्मदिन असहाय बृद्धबृद्धाका साथमा मनाउने वातावरण सृजना गरिदिएकोमा क्वीज मेनियाको उत्पादक कम्पनी एक्रेटिभ मिडिया प्रालीका प्रमुख कार्यकारी हरि पोखरेललाई हार्दिक धन्यवाद ज्ञापन गरे । पुर्ण शिक्षित समाजको परिकल्पना भन्ने मुल नाराका साथमा ४ वर्षदेखि आयोजना हुदै आएको यो प्रतियोगितामा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउदै आएका छन् । 
 
चितवन मेडिकल कलेजको मुख्य प्रायोजन, रोयल गोर्खा इन्स्टिच्युट अफ टेक्नोलोजी अष्टेलिया तथा इनोभेटिभ नेपाल एजुकेसन कन्सल्टेन्सीको एसोसिएट स्पोन्सरमा सन्चालन हुने यसप्रतियोगिताको विजेताले नगद पुरस्कारका साथै अन्य थुप्रै पुरस्कार हासिल गर्नेछन् ।
 
यसपटकको सिएमसी क्वीज मेनियामा मुलुकभरका प्रतिस्पर्धीहरुलाई उछिनेर पहिलो स्थान हासिल गर्ने टिमले नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाका प्रतिस्पर्धीसग आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।
Most Visited News (monthly)