विराज भट्ट स्टारर फिल्म 'पर्शुराम' उर्फ 'जय पर्शुराम'को छायाँकन सकिएको छ । छ दिन लगाएर अन्तिम गीत छिचिएसँगै फिल्मको सम्पुर्ण छायाँकन सकिएको हो ।
५ लाख बढि खर्चमा सेट तयार गरेर 'भण्डारखाल', गोदावरी लगायतका ठाउँमा लिड कलाकार विराज र निशा अधिकारी फिचरिङमा रहेको गीत खिचिएको थियो । फिल्ममा रोज राणाको निर्माण तथा निर्देशन छ ।
'श्रीराम बालाजी फिल्मस् को व्यानरमा बनेको फिल्मलाई साउन ३१ मा रिलिज गरिने घोषणा गरिसकिएको छ । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ भने रामेश्वर कार्कीको छायाँकन छ ।

