Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

कुमारी घरद्वारा 'गाजलु'लाई स्वागत, टुंगियो सबै विवाद

फिल्मीखबर, काठमाडौं, 2016/06/08
'गाजलु' फिल्मले उठाएको विषय र सामवेश गरिएको दृश्यांकन प्रति कुमारी घरको आपत्ति नाममा केहि हप्ता पहिले गसिप बन्यो । त्यो गसिप साम्य भयो, फिल्म टिमले स्पष्टिकरण पनि दियो । तर बुधबार भने यो कुरा पुर्णतः टुङ्गिएको छ । 
 
कुमारी घरका पदाधीकारीहरुले फिल्म हेरिसकेपछि 'गाजलु'ले उठाएको कथावस्तुलाई स्वागत गरेका छन् । डिसियन प्रिभ्यू थियटरमा फिल्म हेरिसकेपछि कुमारी घर र कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग्ने विषयवस्तु नसमेटिएको र फिल्म पुर्णतः सन्देशमुलक तथा मनोरञ्जनात्मक बनेको उनिहरुले प्रतिक्रिया दिए । 
 
कुमारी घरका पदाधिकारीहरुले दिएको प्रतिक्रियाले उत्साहित बनाएको छ, फिल्ममा विवादास्पद कुरा केहि छैन्, 'गाजलु' पुर्ण मनोरञ्जनको खुराक हो, निर्माता रोहित अधिकारीले प्रफुल्लित मुद्रामा भने । 
 
पुर्वकुमारीको जीवनकथालाई पर्दामा उतारिएको फिल्म कुमारीप्रथालाई जोडेर बाहिर हल्ला गरेअनुसारको पनि नभएको निर्माता अधिकारीको दाबी छ । हेमराज बिसी निर्देशित फिल्मलाई लिएर दर्शक उत्साहित छन् । 
 
शुक्रबार रिलिज हुने 'गाजलु'मा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही लगायत अभिनयमा छन् । फिल्मको बिहिबार भव्य राजधानीमा रेड कार्पेट प्रिमियर हुँदैछ ।
Most Visited News (monthly)