Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'डि कम्पनि' असार २४ मा खुल्ने !

फिल्मीखबर, काठमाडौं, 2016/06/08
मोफसलको टिम बुटवलका फिल्मकर्मीहरुले निर्माण गरेको फिल्म 'डि कम्पनि' असार २४ बाट प्रदर्शनमा आउने भएको छ । गत वर्ष नै रिलिज हुने भनिएको फिल्मको प्राविधिक कारण देखाउँदै प्रदर्शन रोकिएको थियो ।
 
 
सामाजिक कथा उठान गरेको फिल्मलाई कृष्ण श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशन मनोज श्रेष्ठको छ ।  यो फिल्ममा अनुष्का शर्मा, महेन्द्र यादव र प्रकाश गौतम लिड रोलमा छन् । यसअघी सिनेमा ‘शान’मा काम गरेकी तथा पछिल्लो पटक भोजपुरी फिल्ममा समेत जमेकी अनुष्का यो फिल्म मार्फत अभिनेत्रीको रुपमा खास छाप छाड्ने दाबी गर्छिन् ।
 
मास ईन्टरटटेन्मेन्टको व्यानरमा तयार फिल्मको यसअघि नै सेन्सर पास भईसकेको छ । 'युनिभर्सल सर्टिफिकेट' पाएको फिल्मलाई पारिवारिक दर्जामा राखिएको छ । फिल्मलाई केदार पराजुलीले वितरण गर्दैछन् । 
Most Visited News (monthly)