मंगलबार बिहान दिवंगत भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राष्ट्रिय गानका संगीतकार गुरुङको मंगलबार सांझ नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
यो भन्दा पहिले दिउँसो गुरुङको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीको लागी प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । गुरुङलाई अन्तिम विदाइो लागी विभिन्न राजनीतिज्ञ तथा कलाकारिता क्षेत्रका दिग्गजव्याका्तिहरु समेत उपस्थित भए ।
गुरुङलाई श्रद्धाञ्जली दिन गायिका तथा अभिनेत्री कोमल ओली, गायक रामकृष्ण ढकाल, हभिनेता रमेश उप्रेती लगायत विभिन्न फिल्मकर्मी उपस्थित थिए ।

