Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

पाईरेसीपछि पनि घटेन 'प्रेमगीत'को माग, विदेशमा धमाधम शो चल्दै

फिल्मीखबर, काठमाडौं, 2016/06/07
पछिल्लो बर्ष सफल व्यापार गरेका अनि चर्चामा रहेका धेरै फिल्म पाईरेसीको मारमा परे । त्यस मध्येको एक थियो 'प्रेमगीत' पनि । तर विदेश प्रदर्शनको सुरुवाति चरणबाट नै फिल्म पाईरेसीसँगै भाईरल बनेपनि अन्तर्राष्ट्रिय शहरहरुमा यसको 'शो' रोकिएको छैन् ।
 
निर्माता सन्तोष सेन अभिनेता प्रदिप खड्का बोकेर विभिन्न देशमा फिल्म प्रदर्शनमा व्यस्त छन् । फिल्मको अमेरिका, हंकङ, युके, सिंगापुर, मलेशिया, कतार, थाईल्याण्ड, जापान लगायत दर्जनौं देशमा शो भएको छ भने केहि देशमा अहिले पनि चलिरहेको छ ।
 
पहिलो चरणको शो सकाएर नेपाल फर्केका शेन र खड्का पुनः प्रदर्शनको लागी सोमबार थाईल्याण्ड प्रस्थान गरे । विदेशका विभिन्न देशमा यो फिल्म प्रदर्शनको अधिकार भने रनवे फेशन हाउसले लिएको छ ।
 
त्यसो त 'प्रेमगीत' सिक्वेललाई थाईल्याण्डमा नै छायाँकनको तयारीमा सन्तोष लागिरहेका छन् । 'प्रेमगीत २' को पुर्णतः छायाँकन विदेशमा हुनेछ, अब छिट्टै नै टिम घोषणा गरेर काम अघि बढाउने तयारीमा छु, फिल्मीखबरसँग सेनले भने, 'जहिले पनि स्तरिय फिल्म बनाउने मेरो सोच रहन्छ त्यसको लागी कुनै कसुर बाँकी राख्ने छैन् ।'
 
उनले थाईल्याण्डमा फिल्मको लागी आवश्यक लोकेशनको छनोट पनि चलिरहेको बताए । फिल्ममा प्रदिप बाहेक अन्य कलाकार को हुन्छन, निर्देशनमा को रहन्छ भन्ने कुरा सेनले अहिलेसम्म खुलाएका छैनन् ।
Most Visited News (monthly)