Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

सिलगुढी पुगेर बिसाईन सुरविनाले चर्खा !

फिल्मीखबर, काठमाडौं, 2016/06/07
 
फिल्म 'चर्खा'को ईन्डक्ल्याप भएको छ । सहदेव गौतमको निर्माण तथा गोविन्द गौतमको निर्देशन समावेश फिल्मको अन्ति दृश्य भारतको सिलगुढीमा क्यामेरा कैद गरिएसँगै सुटिङ सकिएको हो । 
 
फिल्मको लागी अन्तिम दृश्य अभिनेत्री सुरविना कार्कीले दिईन् । हेटौँडामा अधिकांश दृश्य खिचिएको फिल्मको ३७ औं दिनमा छायाँकन सकिएको हो । सिलगुढीमा 'चर्खा'को १५ प्रतिशत दृश्य खिचिएको निर्माण टिमले बताएको छ । 
 
सि्दुर निर्देशक गौतमको 'चर्खा'मा सुरविनासँगै दिलिप रायमाझी, जुनु रिजाल, रजनी केसी, निर्जन थापा, सुशान्त कार्की लगायत लिड अभिनयमा छन् । 
 
हेटौडाका युवा व्यवसायीहरु सुनिल अधिकारी,धर्मराज बर्तौला,गणेश भेटवाल,बालकृण खडका,रुपेश केसी समेतको लगानी रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् भने नृत्य निर्देशन रामजी लामिछानेको छ । द्वन्द्व निर्देशनमा भनर रोशन श्रेष्ठ छन् ।सिलगुढी पुगेर बिसाईन सुरविनाले चर्खा !
 
फिल्म 'चर्खा'को ईन्डक्ल्याप भएको छ । सहदेव गौतमको निर्माण तथा गोविन्द गौतमको निर्देशन समावेश फिल्मको अन्ति दृश्य भारतको सिलगुढीमा क्यामेरा कैद गरिएसँगै सुटिङ सकिएको हो । 
 
फिल्मको लागी अन्तिम दृश्य अभिनेत्री सुरविना कार्कीले दिईन् । हेटौँडामा अधिकांश दृश्य खिचिएको फिल्मको ३७ औं दिनमा छायाँकन सकिएको हो । सिलगुढीमा 'चर्खा'को १५ प्रतिशत दृश्य खिचिएको निर्माण टिमले बताएको छ । 
 
सि्दुर निर्देशक गौतमको 'चर्खा'मा सुरविनासँगै दिलिप रायमाझी, जुनु रिजाल, रजनी केसी, निर्जन थापा, सुशान्त कार्की लगायत लिड अभिनयमा छन् । 
 
हेटौडाका युवा व्यवसायीहरु सुनिल अधिकारी,धर्मराज बर्तौला,गणेश भेटवाल,बालकृण खडका,रुपेश केसी समेतको लगानी रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् भने नृत्य निर्देशन रामजी लामिछानेको छ । द्वन्द्व निर्देशनमा भनर रोशन श्रेष्ठ छन् ।
Most Visited News (monthly)