Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आधा दर्जन फिल्म खेलेकी मेनकाको 'गाजलु' बाट डेब्यू !

फिल्मीखबर, काठमाडौं, 2016/06/07
मिडियासँगको अनौपचारिक गफगाफमा अभिनेत्री मेनका प्रधानलाई जिस्काउँदै निर्देशक हेमराज बिसीले भने, 'गाजलुबाट सृष्टि मात्र होईन, मेनकाले पनि डेब्यू गर्दैछिन्।' 
 
हेमराजले यसो भनिरहँदा छेउमा बसेकी मेनकाले पनि स्विकार्दै आफ्नो करियरको ७ औं डेब्यू फिल्म 'गाजलु' रहेको बोलिन् । आखिर किन त ?  कारण थाहा पाउन मेनकाको कुरा खोज्न पर्दैन् । मेनका प्रधान फिल्म खेलेर पनि चर्चामा नआएकी, मिडियामा नआएकी अभिनेत्री पर्छिन् । 
 
अघिल्लो बर्षको हिट फिल्म 'रेशम फिलीली'की सोलो हिरोईन पुनः साईड हिरोईनमा खेल्न राजी हुनुले नै उनी अभिनेत्रीको रुपमा स्थापित नभएको अनुमान लगाउने आधारहरु छन् । यो कुरा उनी आफैले स्विकार्छिन् । 
 
'कहिले आईटम गीतमा नृत्य गर्दै त कहिले 'साईड रोल'मा, सोलो हिरोईन बनिसकेकी मेनका यो प्रकारको क्यारेक्टरमा पर्दामा आईरहँदा पनि उनलाई धेरैले मतलब नगरेको हुनसक्छ  ।
 
'गाजलु'मा अनमोल केसी, सृष्टिसँगै सलोन बस्नेत, गौरव पहारी जस्ता कलाकारहरु पनि रहेकोले पनि मेनका फेरी छायाँमा पर्ने त होईनन् ? अर्को प्रश्न उब्जिनसक्छ । यो सबैकुरा भने उनको अभिनय कलामा भर पर्नेछ ।
 
फिल्म यही शुक्रबार अर्थात जेठ २८ मा रिलिज हुँदैछ । त्यसैले रोहित अधिकारी निर्मित 'गाजलु' मेनकाको सफल डेब्यू फिल्म बनोस् । 
Most Visited News (monthly)