Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन वटा थर प्रयोग गर्ने सुस्मिता केसीको परिचय के ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/06/07
अभिनेता भुवन केसीकी पूर्व पत्नी अभिनेत्री सुस्मिता केसी । नामले चिन्नेहरु सुस्मितालाई केसी नै भनेर चिन्छन् तर उनको परिचयमा समय समयमा तीनवटा थरको ट्याग लाग्छ । यो कुराले उनलाई हैरानी समेत भएको छ रे ! सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तै दुखेसो पोखिन् । 
 
 
मिडियामाझ बोलिन्, 'मलाई केसी नै लेखिदिनुस, नागरिकतादेखि सबै कागजातमा केसी प्रयोग भएको छ, त्यसेले अब मैले अरु थप प्रयोग गर्नसक्दिन ।' यो भनिरहँदा उनले  आफ्नो बाबुआमा 'बम्जन' रहेको अनि बर्षौं पहिले टेलिसिरियल खेल्दा 'गौतम' थर समेत प्रयोग गरेको कुरा लुकाईनन् ।
 
आफ्नो परिवार बुद्ध धर्मालम्बी भएको कारण एक समय गौतम बुद्धको थर सापटि लिएर गौतम समेत लेखेको उनले बताईन् । उनले कुनै बेला 'लामा' थर समेत लेख्ने गर्थिन् । यसरी बारम्बार थर परिवर्तन गर्नु सुस्मिताको फेशन नै बनेको छ ।    
 
उनको निर्माणमा बनेको फिल्म 'म त तिम्रै हुँ' रिलिजको क्रममा छ ।
Most Visited News (monthly)