अनमोल केसीकी आमा सुस्मिता केसीले निर्माण गरेको फिल्म 'म त तिम्रै हुँ' को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो ।
ट्रेलरमा युवा युवतीबीचको प्रेम, रोमान्स, रोदन समेटिएको छ भने प्रेमीकासँगसँगै अर्की महिलासँगको मायामा युबक परेपछिको अवस्था ट्रेलरमा व्यक्त गरिएको छ । ट्रेलर हेर्दा फिल्म त्रिकोणात्मक लभस्टोरीमा आधारित रहेको बुझिन्छ ।

अनमोल क्रियशनको व्यानरमा बनेको फिल्मको निर्मातामा अनमोल केसीको पनि नाम छ भने सुवास थापाले लगानीमा सुस्मितालाई सघाएका छन् । साउन ७ बाट प्रदर्शनमा आउने भनिएको श्रीराम महत निर्देशित फिल्मको ट्रेलर तथा गीतमा समावेश लोकेशन तथा सिनेमाटोग्राफीले तारिफ भेटिसकेको छ ।

कार्यक्रममा बोल्दै सुस्मिताले युवा पुस्ता लक्षित कथा पाएकै कारण लगानीको लागी तयार भएको बताईन् । नयाँ अनुहारहरुको बाहुल्यता रहेको फिल्ममा आकाश श्रेष्ठ, जीवन भट्टराई, सुशन खड्का, अनुपम श्रेष्ठ, अर्जुन खड्का, ज्योत्स्ना योगी लिड अभिनयमा छन् ।
ट्रेलर हेर्नुहोसः

