Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

'मरिना'को उत्कृष्ट कभर गीत गाउने लाई फिल्ममा अबसर

फिल्मीखबर, काठमाडौं, 2016/06/06
फिल्म कहिलेबाट फ्लोरमा जाने तय भईसकेको छैन्, तर सिने वृत्तमा चर्चामा छ एक नाम 'मरिना' । सञ्चारकर्मी श्याम अर्यालको प्रस्तुतिमा बन्न लागेको फिल्ममा आर्यन सिग्देल लिड रोलमा रहने पक्का भएपनि महिलाप्रधान यो फिल्मको अर्को कलाकार को रहने टुंगो छैन । 
 
लिड अभिनेत्रीमा प्रियंका कार्की र वर्षा राउतको नाम चर्चामा हुँदैगर्दा निर्माण टिमले फिल्मको एक गीत प्रतियोगीताको लागी भन्दै सार्वजनिक गरेको छ । त्यसो त फिल्मका अर्का कलाकारमा  गौरव पहारी पनि रहने पक्का भएको छ ।
 
प्रचारको नयाँ तरिका अपनाउँदै निर्माण टिमले यो गीतलाई प्रतियोगीताको रुपमा सार्वजनिक गरेको हो । 
 
कभर प्रतिस्पर्धाको लागी सार्वजनिक गरिएको उक्त गीतलाई 'र' फाईलको रुपमा लिईएको छ भने उक्त गीत गाएर युट्युवमा अपलोड गर्ने मध्येको उत्कृष्ट स्वरलाई फिल्ममा समावेश हुने सोही गीत नै गाउने अन्तिम मौका दिईने बताईएको छ ।
 
'पुरस्कारमा धनराशी राख्दा त्यो पैसा यत्तिकै खर्च हुनसक्छ, तर फिल्ममा नै गायनमा मौका दिईयो भने सांगीतिक क्षेत्रमा लाग्न चाहनेहरुको लागी थप उर्जा मिल्नसक्छ', निर्माता रतन थापाले भने । गीतलाई जुलाई ३० सम्ममा युटुबमा अनलोड गरिसक्नुपर्ने छ ।  अभिनेता आर्यनले पनि प्रतिभावान संगीत पारखिहरुलाई गीत गाएर स्टार बन्न आग्रह गरेका छन् ।
 
फिल्मलाई अनुप गिरीले निर्देशन गर्दैछन् भने निर्माण टिममा सह निर्माताको रुपमा राजेश थापा छन् ।
 
Most Visited News (monthly)