Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमा बन्दै करिना ?

एजेन्सी, मुम्बई, 2016/06/01
बलिउड अनलाईनहरुले  लेखेको कुरालाई सत्य मान्ने हो भने भर्सटाईल हिरोईन करिना कपुर आमा बन्दै छिन् । करिना साढे तीन महिनादेखि गर्भवती रहेको बताईएको छ । 
 
करिना र पति सैफ अली खानले यो कुरालाई लुकाउन खोजेको बताईएको छ । यो बीचमा करिना आरामको लागी लण्डन पुगेको बताईन्छ ।
 
उनी केहि दिन पहिले मात्रै मुम्बई फर्केकी थिईन् । ईएरपोर्टमा करिना र सैफलाई मिडियाले भेटेपछि यो कुरा दाबी गरेका हुन् ।
 
तर करिना गर्भवती रहेको भन्ने कुरा पारिवारिक रुपमा पुष्टि भने गरिएको छैन् । २०१२ मा सैफ र करिना वैवाहिक सम्बन्धमा बाँधिएका थिए ।
 
सैफको लागी करिना भने दोश्रो पत्नि हुन् । खास कुरा के हो त्यो भने केहि दिनपछि पक्कै खुल्नेछ ।
Most Visited News (monthly)