सामाजिक सञ्जालमा चर्चामा रहेको सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित फिल्म 'लालजोडी'को अडियो जुकवक्स बाहिरिएको छ । युट्युवमा सार्वजनिक फिल्ममा समावेश चार गीत सुमधुर लाग्छन् । अडियोले नै फिल्म सांगितिक रुपमा सशक्त रहेको बुझ्न सकिन्छ ।
दिलासा कृयशनको व्यानरमा बनेको फिल्मका गीतमा संगीत थानेश्वर गौतम, टंक बुढाथोकी र सन्तोष श्रेष्ठको छ । भने स्वर अभिनेत्री रेखा थापा, राजेशपायल राई, मनिषा पोखरेल र ज्योती काफ्लेको छ ।
'मा कसम..', 'आज त क्या ब्यूटी' दुई गीत प्रेमभावमा छन् भने 'घिटी घिटी' बोलको गीतमा पीडाभाव जोडिएको छ । त्यस्तै 'कोहि छ म सँग भिड्ने' बोलको गीत रोमान्टिक जनरामा छ ।
ज्योति काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्धी तामाङ, पुरन थापा लगायतको अभिनय रहेको फिल्म भदौ १७ मा रिलिज हुँदैछ ।

