Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चलबाट छुट्दिनन् ऋचा, तेश्रो फिल्ममा पनि हिरोईन पक्का !

फिल्मीखबर, काठमाडौं, 2016/05/31
ऋचा शर्मा भर्सटाईल अभिनेत्री । तर अभिनयको राम्रो तारिफ भेट्ने, क्षमतावान यी अभिनेत्रीले सफलताको स्वाद पाउन भने हम्मे हम्मेपर्छ । अनि यो विषयमा जोडिन्छ, ऋचा शर्मा चल्न, उनको फिल्म सफल हुन कतै निश्चल बस्नेत नै चाहिने त होईन् ?
 
निश्चल बस्नेतले पहिलो फिल्म बनाए 'लुट' फिल्म चल्यो, ऋचा पनि हाईलाईट भईन् । निश्चलले 'टलकजंग भर्सेज टुल्के' बनाए ऋचाले त्यसबाट त झन राष्ट्रिय अवार्ड नै हात पारिन् । तर अन्य धेरै फिल्ममा उनको अभिनयले तारिफ पाए पनि विजनेसमा सफल भएनन् ।
 
बेला बेलामा गसिप बन्यो, निश्चल र ऋचाको प्रेम भन्दै । अब भने निश्चल र ऋचा पुनः एउटै क्याम्पमा आएका छन् । र यहाँ जोड्नैपर्छ, निश्चलका लगातार तीन फिल्ममा ऋचा छुटिनन् पनि । निर्माण घोषणा गरिएको फिल्म 'लुट' को सिक्वेलमा ऋचा लिड अभिनेत्री रहने पक्का भएको हो  । फिल्मको टिजर पनि सार्वजनिक भईसकेको छ । 
 
टिजर सार्वजनिक कार्यक्रममा ऋचा र निश्चल रोमाञ्चित देखिए, तश्चिर खिच्दादेखि अन्तर्कृया कार्यक्रमसम्म, निश्चललाई पत्रकारले सोधेको प्रश्नको उत्तर दिन समेत ऋचा तयार भईन् । 
 
उल्लेखित तथ्यले पनि ऋचा र निश्चलको निकटता दर्शाउँछ । त्यसैले भन्नैपर्छ, निश्चल क्याम्पमा नै छिन् ऋचा !
Most Visited News (monthly)