व्लकबस्टर फिल्म' लुट' को सिक्वेलको छायाँकन पहिले नै टिजर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले 'लुट २' को टिजर सार्वजनिक गर्यो ।

टिजरले फिल्मको 'थिम' बोल्छ । निर्माण घोषणाको समयदेखि नै फिल्मले हाईप बनाईसकेको छ । फिल्मलाई निश्चल बस्नेतले निर्देशन गर्दैछन् । भने निर्मातामा पनि माधव वाग्ले र नरेन्द्र महर्जन छन् । निर्माणमा पनि 'लुट' कै टिम दोहोरिएको छ । त्यसो त पछिल्लो समय वाग्ले र महर्जनको सम्बन्धमा दरार आएको गसिपलाई पनि 'लुट २' ले क्लियर गरिदिएको छ ।

अधिकांश कलाकार पनि फिल्ममा लुट' नै दोहोरिने पक्का छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे लगायत अभिनयमा हुनेछन् ।
कार्यक्रममा बोल्दै निर्देशक निश्चलले फिल्मको कथा २०१२ मा प्रदर्शनमा आएको 'लुट' को भन्दा फरक रहने र फिल्ममा वर्तमान सामाजिक परिवेश समेटिने बताए ।
'फिल्मले 'लुट'ले छाडेको कथालाई निरन्तरता दिनेछ सँगसँगै पछिल्लो समय जनताहरु मारमा परेको 'भूकम्प, नाकाबन्दी, अपराधका घटनाहरुलाई पनि फिल्मले पर्दाफास गर्नेछ; निश्चलले भने । फिल्म यो हप्ता नै फ्लोरमा जाने र यो बर्षकै फागुनमा रिलिज गरिने समेत घोषणा गरिएको छ ।
तश्विरः रमेश पोख्रेल
टिजर हेर्नुहोसः

