व्वाईफ्रेण्ड रणविर सिंहलाई भेट्न अभिनेत्री दिपिका पादुकोण फ्रान्स राजधानी पेरिस पुगेको खबर मिडियामा आएपछि बलिउडमा भाईरल बनेको छ । झघिल्लो हप्ता कसैले सुईको नपाउने गरि दिपिका पेरिस पुगेकी थिईन् ।
'बेफिक्री' फिल्मको छायाँकनको लागी पेरिसमा रहेका रणविरको मायाले तानेपछि दिपिका त्यहाँ पुगेकी थिईन् । त्यहाँ पुग्दा र फर्किँदासम्म पनि दिपिकाले आफु गएाको आएको पत्तो कसैले नपाओस भन्ने चाहन्थि्न, एक बलिउड अनलाईनले लेखेको छ ।
सेटमै रणविरलाई भेटेपनि दिपिकाले फिल्म युनिटसँग तश्विर खिच्न समेत मानेकी थिईनन् । हलिउड फिल्ममा व्यस्त दिपिका विकेण्ड मनाउन भारत आएको र त्यहाँबाट सिधै पेरिस पुगेको बताईन्छ ।
पछिल्लो केहि महिनादेखि दुबै जना आफ्नो आफ्नो फिल्मको सुटिङमा व्यस्त रहँदा भेटघाटको लागी दुबैको समय निस्केको थिएन् । तर रणविरसँग नमिल्दासम्म मनले नमानेपछि 'सिटि अफ लभ' को उपमा पाएको पेरिसले दिपिकालाई तानेको थियो ।
परिवारसँग भेटघाटको लागी अनि मुम्बईको व्यस्त समय तालिकालाई समेत पछि छाड्दै दिपिका उता पुगेको बताईन्छ । त्यसो त यसअघि पनि दिपिका रणविर भेट्न बंगलादेश पुगेको खबरले बलिउड गर्माएको थियो ।

