सलमान खान र आमिर खान । बलिउड बक्सअफिसका यी दुई किङ असल साथी पनि हुन् । तर यी दुईको मित्रतामा बेला बेलामा दरार आएको गसिप बजारमा चर्चा चलिरहन्छ ।
पछिल्लो पटक बलिउड अनलाईनले लेखेका छन कि, सलमानको 'सुल्तान' ट्रेलरले आमिर तनाबमा छन्, आखिर किन त ? आमिरको फिल्म 'दंगाल' पनि २०१६ मै रिलिज हुँदैछ । यी दुबैको फिल्म बायोपिक हुन्, जहाँ आमिरको फिल्मले महावीर फोगटको बायोपिक कथा बोल्छ।
सुल्तान ट्रेलरमा 'दंगाल'मा समेटिएका केहि पात्र र दृश्य पनि समेटिएका छन्, जसले गर्दा आफ्नो प्रोडक्टको कुराहरु पहिल्यै बाहिरिएको डरले आमिर तनाबमा छन् ।
त्यसो त, 'सुल्तान' भन्दा पहिले नै आमिरको दंगालको सुटिङ भएको थियो । तर रिलिजमा सलमानले बाजी मार्दा आमिरलाई अर्को बेखुसीपना बढेको समेत बताईन्छ । आमिरको फिल्म डिसेम्बरमा रिलिज हुँदैछ भने समनाको फिल्म जुलाई ६ मा रिलिज हुँदैछ ।

