ऋषिराज आचार्य निर्देशित फिल्म 'सुन्तीलाई भगाई लग्यो झिल्के'ले प्रदर्शनको लागी तयार भएको छ । फिल्मलाई श्रावण २१ मा प्रदर्शनमा ल्याउन लागेको निर्देशक आचार्यले बताए ।
केहि हप्ता पहिले सार्वजनिक गरेको गीतले राम्रै हाईप बनाईरहँदा कमेडी जनराको फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा लिड कलाकार फिचरिङमा छन् । पोस्टर हेर्दै कमेडी लाग्छ ।
आचार्यकै कथा तथा निर्माण रहेको फिल्ममा सुशिल सिटौला, सुशान्त कार्की, शिशिर भण्डारी, सुरजनी केसी, रिजा भुषाल लगायत अभिनयमा छन् । फिल्ममा संगीत अर्जुन पोखरेलको छ ।


