Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हेर्नुहोस, 'गाजलु'को लण्डन प्रिमियरमा के के भयो ? (तश्विर कथा)

फिल्मीखबर, काठमाडौं, 2016/05/30
 
प्रतिच्छित फिल्म 'गाजलु'को लण्डनमा वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । पहिलो विश्वव्यापी रिलिजमा फिल्म निर्माता रोहित अधिकारी अनि डेब्यू अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ आकर्षण बने । 
 
 
रातो कार्पेटमा सृष्टिको फेशन स्टेटमेन्ट मुख्य आकर्षण बन्यो । 'कलेजी' कलरको वानपिसमा सृष्टि सजिएकी थिईन् । डेब्यू फिल्म हेरिसकेपछि दर्शकबाट पाएको प्रतिक्रियाले सृष्टि उत्साहित बनिन् । 
 
 
त्यस्तै पहिलो पटक सोलो निर्माता बनेका रोहित पनि लगानीको पहिलो प्रतिफलको रुपमा निकै राम्रो अनि उत्साहजनक प्रतिक्रिया पाएको भन्दै लण्डनबाट खुशी व्यक्त गरे । 
 
 
लण्डन प्रिमियरको सुखद समिक्षापछि बुधबार निर्माता अधिकारी र अभिनेत्री सृष्टि नेपाल फर्किने कार्यक्रम छ । नेपाल फर्के पश्चात रिलिजको दिन नजिकिँदै गर्दा दुबैजना प्रचारमा जुट्नेछन् । 
 
 
हेमराज बिसी निर्देशित फिल्ममा अनमोल केसी, गौरव पहारी, सलोन बस्नेत पनि लिड रोलमा छन् ।  
 
 
Most Visited News (monthly)