Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

हिजो अर्चनाकै बिरोध, आज उनैलाई शुभकामना ?

फिल्मीखबर, काठमाडौं, 2016/05/30
'जिस्म' नामको फिल्म रिलिज पहिले नै नाममा हिट भइसक्यो । कारण थियो, पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरू फिल्मको हिरोईन बन्नु । निर्माण ईजाजत नलिई फ्लोरमा गएको अनि पोर्नस्टार बन्छु भन्दै हिँड्ने अर्चना रहेको भन्दै फिल्म क्रियूलाई सुटिङबाटै चलचित्र विकास वोर्डको पहलला कास्की प्रहरीले पक्राउ पनि गर्यो । 
 
पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चनाले सामाजिक सद्भाव बिथोलेको भन्दै वोर्ड अध्यक्ष राजकुमार राईले फिल्मको छायाँकन मात्र रोकेनन्, अर्चना रहने फिल्म बनाउनै नदिने उद्घोष पनि गरे । तर समयक्रममा 'जिस्म'ले ईजाजत पनि पायो, वोर्डको ढड्डामा अर्चना पनेरूले लिड अभिनेत्रीको नाम लेखाउन पनि सफल भई्न् । 
 
हिजो सोही अर्चना जोडिएको कारण देखाउँदै फिल्म रोकेका वोर्ड अध्यक्ष राजकुमार राई सोमबार भने अर्चनाकै अर्को फिल्मलाई अनि अर्चनालाई  सुभकामना दिन एक कार्यक्रममा पुगेका छन् । 'छेस्को' नामको फिल्मले अर्चनाको पहिलो फिल्म भन्दै नग्न तश्विर छरेर प्रचार गरेको आँखा अघि छर्लङ्गै हुँदाहुँदै पनि किन पुगे राई सुभकामना दिन ? 
 
निर्माण तथा वितरणको काम गरेका राई निकट मानिने करण श्रेष्ठ क्रेजीको फिल्म भएको कारण करणलाई हार्न नसकेर राई पुगेको उनि निकट बताउँछन् । तर हिजो बिरोध गरेको व्याक्तिलाई आज सफलताको सुभकामना दिन पुग्नु कति जायज थियो ? के विकास वोर्ड नग्न तश्विर छर्ने, भल्गारिटीलाई स्थान दिने काममा लचिलो बन्दै गएको हो ? के अब जस्ता फिल्म पनि बनाए हुन्छ नेपालमा ? पोर्न फिल्मको हवाला दिने दृश्य राखेर नेपाली फिल्म बन्न पुग्दा पनि वोर्ड चुप लाग्छ ? राजकुमार राईको अघि प्रश्नहरु तेर्सिएका छन् ।
 
हुन त पछिल्लो समय राईलाई आरोप पनि लाग्ने गरेको छ कि सामान्य भन्दा सामान्य मानिने कार्यक्रमा पुगेर आफु सस्तो बन्दैछन्, धेरै मिडियाले यो प्रकारको समाचार पनि लेखे । तर राई यो बिषयमा किन मौन छन् ? उनैले जान्ने कुरा हो ।
Most Visited News (monthly)