Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौमा लगातार फिल्म, दयाहाङलाई फाईदा कि घाटा ?

फिल्मीखबर, काठमाडौं, 2016/05/25
दयाहाङ राई, पछिल्लो रिलिज हाउ फन्नीपछि पर्दामा विश्राम गरिरहेका छन् । तर भदौ महिनामा भने लगातार जसो उनका फिल्म आउँदैछन् । एकपछि अर्को हप्ता गरेर फिल्म प्रदर्शनमा आउँदा उनलाई घाटा होला कि फाईदा ?
 
भदौ ३ गते यसअघि नै राम्रै हाईप बनाईसकेको फिल्म 'बिर विक्रम' प्रदर्शनमा आउनेछ । उक्त फिल्मको यसअघि हङकङ र युकेमा सम्पन्न प्रिमियरमा समेत दया पुगेर आईसकेका छन् । उनले तारिफ पनि भेटे । 
 
यो फिल्मलाई केहि आशाको फिल्ममा पनि राखिएको छ भने दयाहाङ स्टारर अर्को फिल्म 'झुम्की' त्यसको एक हप्तापछि नै लाग्दैछ । त्यसैले लगातार फिल्म आउँदा दयाहाङलाई केहि घाटा भने हुनसक्छ ।
 
अपिल बिष्टको  निर्माण तथा निर्देशन रहेको फिल्ममा दयाहाङसँगै मलिना जोशी, रिष्मा गुरुङ अभिनयमा छन् । रिष्मा र दयाको जोडी 'कबड्डी' फिल्मबाट नै चर्चामा छ ।
 
त्यसो त भदौमा नै दयाको अर्को फिल्म 'त्यान्द्रो' पनि आउनसक्ने अनुमान लगाईएको छ ।
Most Visited News (monthly)