मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विरोध र असन्तुष्टि पछि 'गाजलु' पोस्टरमा अटाए गौरव र सलोन

फिल्मीखबर, काठमाडौं, 2016/05/25
फिल्म 'गाजलु'को हालसम्म सार्वजनिक सबैजसो प्रचार सामग्रीमा लिड कलकर अनमोल केसी र सृष्टि श्रेष्ठलाई मात्र स्थान दियो । दुबैजना नेपाल बाहिर हुँदा पनि फिल्म टिमले उनीहरुको कुरा मात्र प्रचारमा अघि ल्याएपछि अन्य लिड कलाकार गौरव पहारी र सलोन बस्नेतले मिडियामै आएर बिरोध पनि गरे । 
 
 
यो सबै घटनापछि फिल्म युनिटले पहिलो पटक सलोन, गौरव लगायतका अन्य कलाकार अटाएको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा मेनका प्रधान, ऋतिक शाही पनि अटाएका छन भने अनमोल सृष्टि पनि । 
 
त्यसो त केहि दिन पहिले मिडियालाई प्रतिक्रिया दिँदै गौरवले फिल्म मल्टिस्टारले चल्ने भन्दै प्रचरमा आफुहरुलाई खासै स्थान नदिएकोमा आक्रोस पोखेका थिए । 
 
यसैबीच पहिलो वर्ल्ड प्रिमियर २९ तारिखमा लण्डनमा हुँदैगर्दा सहभागी हुने भनेका अभिनेता अनमोल केसी अकस्मात नेपाल फर्केका छन् । अब उनी 'गाजलु' प्रचारमा खड्ने बुझिएको छ ।
 
हेमराज बिसी निर्देशित फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । वर्ल्ड प्रिमियरमा सहभागी हुन निर्माता निर्देशक पनि लण्डन जाँदैछन् भने सृष्टि यसअघि नै पुगिसकेकी छिन् ।