मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जावलाखेलमा कसले मनाईदियो आनाको सरप्राईज बर्थ डे ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/24
'जेरी' डेब्यू तथा निर्माण घोषित फिल्म 'ग्याङ्गस्टार ब्लूज' अभिनेत्री आना शर्माले ग्याङ्गस्टार टिमसँग सरप्राईज जन्मदिन केक काटेकी छिन् । आनालाई केहि नभनी बोलाएर निर्माता सरोज न्यौपाने, निर्देशक हेमराज बिसीले जन्मदिन मनाईदिए । 
 
 
'ह्याप्पी बर्थडे आना' लेखिएको केक काटिसकेपछि पहिलो पटक उनले निर्देशक हेमराज बिसीलाई खुवाईन त्यसपछि निर्माता सरोजलाई र त्यसपछि छेउमै बसेका 'ग्याङ्गस्टार ब्लूज'बाट डेब्यू गर्दैगरेका आशिरमान देशराजलाई खुवाईन् । 
 
 
यति हुँदै गर्दा आनाकी आमा रचना शर्मा प्रफुल्लित मुद्रामा देखिन्थिन् भने सँगै बसेका गौरव पहारी पनि आनाको हातबाट केक कान र उनलाई खुवाउनमा व्यस्त देखिन्थे । जहाँ निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, 'गाजलु' निर्माता रोहित अधिकारी तथा सञ्चारकर्मीहेु उपस्थित थिए । 
 
 
'जेरी'बाट हेममराज बिसीले आनालाई चिनाउने काम गरेका थिए । त्यसैले पनि आनाले पहिलो रोजाईमा नेपाली फिल्म क्षेत्रमा परिचित बनाउने श्रेय पाएका हेमराजलाई नै रोजिन् ।
 
 
'ग्याङ्गस्टार ब्लूज' १० महिनापछि मात्र फ्लोरमा जानेछ भने फिल्ममा आना र आशिरमान अनि गौरवसँगै प्रशान्त ताम्राकार मुख्य भुमिकाका हुनेछन् ।