मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

नीताको निधारमा निखिलले लगाए रातो टिका, कारण यस्तो

फिल्मीखबर, काठमाडौं, 2016/05/24
लजाउँदै एक्शन स्टार निखिल उप्रेतीले अभिनेत्री नीता ढुङ्गानाको निधारमा रातो टिका लगाउँदा नीता मख्ख देखिन्थिन् । त्यसोको प्रतिउत्तरमा नीताले पनि निखिलको निधारमा टिका लगाईदिँदा माहोल तालीले गर्मियो । 
 
 
फिल् 'निर्भय'को मुहर्त कार्यक्रममा लिड कलाकारलाई एक आपसमा टिका लगाउन लगआई आत्मियता बढाउने काम उद्घोषकले गरेका थिए । त्यसैपनि निखिलसँग पहिलो पटक स्कन सेयर गर्न लागेकी नीता केहि नर्भस अनि उत्साहित देखिन्थिन् । 
 
 
फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट भरपुर योगदान रहने बाणी निखिल र नीताको छ । 'किङ'को छायाँकनमा व्यस्त निखिल त्यो सकाएसँगै 'निर्भय' सेट ज्वाईन गर्नेछन् । नीता भने 'फूलैफूलको मौसम तिमीलाई'पछि हाल केहि फुर्सदमा छिन् । 
 
 
मधुसुदन भट्टराईको निर्देशन गर्ने यो फिल्म जेठको दोश्रो हप्ताबाट फ्लोरमा जानेछ । फिल्मलाई देविप्रसाद पाण्डेले निर्माण गर्न लागेका हुन् ।