सधैंजसो राजनीतिक कार्यक्रममा व्यस्त हुने नीति निर्माणको काममा व्यस्त हुने कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत सोमबार भने एक फिल्मको 'एक्शन कट'मा देखिए । अभिनेता निखिल उप्रेती र अभिनेत्री नीता ढुङ्गाना 'सट' दिन तयार थिए । सोही बीचमा महतले एक्शन भने ।
डा. महतले एक्शन भन्दा निखिल डायलग बोल्दै थिए भने नीता सोहीप्रकारको एक्सप्रेशन दिनमा व्यस्त थिईन् । यो सबै दृश्य फिल्म 'निर्भय'को मुहर्त कार्यक्रममा देखियो ।
मुख्य अतिथी बनेर कार्यक्रममा पुगेका महतले राजनीतिक नभई फिल्मको बारेमा राम्रै भाषण दिए । प्राय नेताहरु पोडियम पाउनासाथ राजनीतिको गफ गर्नेभएपनि महतले भने त्यसो गरेनन् ।
पहिलो पटक नेपालको पहिलो फिल्म 'आमा' हेरेको बोलेका महतले कला क्षेत्रसँग धैरै नजिक रहेको प्रतिक्रिया दिए । प्रजातन्त्रको पक्षमा लड्दैगर्दा जेल परेको सम्झिँदै 'नख्खु' जेलमा रहँदा स्व. नेता रामराजप्रसाद सिंहको निर्देशनमा जेलभित्रै नाटक खेलेको सम्झना पनि कार्यक्रममा महते गरे ।
नेपाली फिल्म उद्योगले पछिल्लो समयमा मारेको फड्कोबाट खुशी रहेको बोलेका उनको 'क्वान्टिटी' मा मात्र नभइ अब 'क्लालिटी'को हिसाबले पनि आफ्नो छुट्टै पहिचान बनाउन फिल्मकर्मी लाग्नुपर्ने कथन थियो ।
'परिणामको हिसाबले फिल्म क्षेत्र विस्तारित हुनु सुखद कुरा हो, उनले भने अब स्तरियता र गुणस्तरलाई पनि सुधार गरेमा नेपाली फिल्म उद्योगले छुट्टै पहिचान बनाउनसक्छ ।'
सफलता भनेको मेहनत र परिश्रममा भर पर्ने भन्दै सबै फिल्मको 'वेष्ट जज' दर्शक रहेकोले दर्शकको मनोभावना बुझ्ने फिल्म बनाउन आग्रह पनि गरे । कांग्रेसका आधा दर्जनजति नेताहरु सहभागी थिइ । महतले मुहर्तमा निर्देशन गरकेो फिल्म 'निर्भय'लाई मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् ।