मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'निर्भय' औपचारिक घोषणा, नीतासँग पहिलो पटक स्कृन सेयर गर्दै निखिल

फिल्मीखबर, काठमाडौं, 2016/05/23
एक्शन स्टार निखिल उप्रेती र नीता ढुङ्गाना लिड अभिनयमा रहनेगरी फिल्म 'निर्भय'को मुहर्त भएको छ । राजधानीको लाजिम्पाट स्थित वेलनेस अर्गानिक क्लबमा सोमबार आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा सँगै मुहर्त पनि गरियो ।
 
 
निखिल र नीताले 'मुहर्त सट' दिँदा नेपाली कांग्रेसमा नेता तथा पुर्व अर्थ मन्त्री डा. रामशरण महतले निर्देशन गरे ।  मधुसुदन भट्टराईको एक्शन कट रहने फिल्ममा यी दुई स्टारसँगै रामचन्द्र अधिकारी, सुशिल पोखरेल, विकास चापागाईं, प्रज्वल गिरी, मनोज केसी, कृष्ण शिवाकोटी लगायतका कलाकारहरुको अभिनय रहनेछ । 
 
कार्यक्रममा बोल्दै निखिलले चित्तबुझ्दो कथा भएकै कारण फिल्ममा अनुबन्ध भएको बताए । 'निर्भय'मा एक राष्ट्रप्रेमी युवकको भुमिकामा निखिल प्रस्तुत हुनेछन् । 
 
 
त्यस्तै नीताले पनि पहिलो पटक निखिलसँग स्कृन सेयर गर्न पाएकोमा खूशी व्यक्त गर्दै जतिसक्दो राम्रो काम गर्ने नै आफ्नो मुख्य उद्देश्य रहने बोलिन् । राम्रो टिम भएकोले पनि दर्शकको मनोभावना बुझ्ने फिल्म बन्ने दाबी उनको छ ।  कार्यक्रममा कांग्रेस युवा नेता टेकराज पौडेल, उधोजपति, बिमल केडिया, निर्देशक आकाश अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 
-
 
नेपाली समाजमा दैनिक रुपमा जनताले देखिरहेको अनि भोगिरहेको कथालाई 'निर्भय'ले उठान गर्ने निर्देशक भट्टराईले बताए । ताराप्रकाश लिम्ब र अर्जुन पोखरेलको संगीत रहने फिल्ममा नृत्य रामजी लामिछानेको रहनेछ भने प्रोडक्शन डिजाईनरमा सुवास काफ्ले छन् । फिल्ममा द्वन्द्व हिमाल केसीको रहनेछ ।
 
यहि जेठ महिनाको दोश्रो हप्ताबाट फ्लोरमा जाने भनिएको फिल्म प्रसिद्धी सिने आर्ट्स को पहिलो प्रस्तुतीमा बन्नेछ भने फिल्ममा लगानी देविप्रसाद पाण्डेको रहनेछ ।
 
पहिलो पटक फिल्ममा लगानी गर्न तयार पाण्डेले टिम राम्रो भएको भन्दै  आफु सधैं व्यापारिक क्षेत्रमा रहेकोले त्यसैको निरन्तरता स्वरुप अबको पाटो फिल्म क्षेत्र रहेको बताए । पाण्डे मोरङका नाम चलेका विजनेस मेनमा कहलिन्छन् ।
 
फिल्म क्षेत्रसँग पहिलेदेखि नै नजिक रहेको भन्दै डेब्यू निर्माता पाण्डेले 'निर्भय'को सफलता पश्चात भोलीका दिनमा पनि नेपाली फिल्म क्षेत्रमा लगानीलाई निरन्तरता दिने बोले । 
 
निर्भयलाई यम थापाले लेखेका हुन् । रामशरण उप्रेतीले खिच्ने फिल्मलाई २०७३ कै मंसिर महिनामा रिलिज गर्ने तयारीमा निर्माण युनिट छ ।