लोकप्रिय युवा स्टार अनमोल केसीकी आमा सुस्मिता केसीको निर्माण तथा अनमोल क्रियशनको व्यानरमा बनेको फिल्म 'म त तिम्रै हुँ' को शिर्ष गीत रिलिज गरिएको छ ।
गीतमा आकाश श्रेष्ठ र ज्योत्सना योगीलाई फिचरिङ् गरिएको छ । गीतमा हर्कुलस बस्नेतको शब्द-संगीत तथा उनीसँगै निकिता थापाको स्वर छ । कृष्ण आचार्यको पटकथा रहेको यस चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् ।
फिल्मलाई श्रावण ७ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम जुटेको छ । फिल्ममा आकाश श्रेष्ठ र ज्योतश्ना योगी लिड रोलमा छन् । अनमोल केसी पनि फिल्मका निर्माता हुन् ।